नेपालमा पछिल्लो २४ घण्टामा थप २हजार ४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ४६१ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार ५११ र ४ हजार ९५३ जनामा गरिएको एन्टिजेन परीक्षणमा ९ सय १० जनामा संक्रमण पुष्टि भएको हो ।

आज संक्रमणबाट ३ हजार ५५८ जना संक्रमणमुक्त भएका छन् । भने हालसम्म कोरोन संक्रमणबाट मुक्त हुने कुल संख्या ५ लाख ६८ हजार ४४० जना रहेको छ ।

आज कोरोना संक्रमणबाट ८१ जनाको मृत्यु भएको छ । जसमध्ये पछिल्लो २४ घण्टामा ५२ जनाको मृत्यु भएको हो । बाँकी २९ जना भने विगतको तथ्यांकमा समावेश नभएका मृत्यु रहेको उनले बताए । योसँग कोरोना भाइरसबाट मृत्यु हुनेको कुल संख्या ८ हजार ८९४ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार