
चितवनमा कोरोना संक्रमणबाट आज दुई जनाको मृत्यु भएको छ ।
स्वास्थ्य कार्यालय चितवनले उपलब्ध गराएको तथ्यांक अनुसार भरतपुर अस्पतालमा एक जना र चितवन मेडिकल कलेजमा एक जनाको कोरोना संक्रमणको कारणले ज्यान गएको हो ।
चितवनका विभिन्न अस्पतालमा २३० जना कोरोना संक्रमित बिरामीले उपचार गराइरहेका छन् । जसमध्ये आईसीयूमा ८६ जना, भेन्टिलेटरमा २८ जना, एचडीयूमा ४२ जना र जेनरल बेडमा १०२ जना रहेका छन् । विगत २४ घण्टामा १८ जना कोरोनाका बिरामी विभिन्न अस्पतालबाट डिस्चार्ज भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
त्यस्तै, चितवनमा विगत २४ घण्टामा १०४ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य कार्यालय चितवनका अनुसार थपिएका संक्रमितमध्ये भरतपुर महानगरपालिकाका ६० जना, खैरहनी नगरपालिकाका ९ जना, माडी नगरपालिकाका तीन जना, रत्ननगरका १५ जना, राप्तीका १० जना, कालिकाका ५ जना र इच्छाकामना गाउँपालिकाका २ जना रहेका छन् । यो सँगै चितवनमा संक्रिय संक्रमितको संख्या १२ सय पुगेको छ । जसमध्ये अस्पतालको आइसोलेसनमा ९३ जना, सार्वजनिक आइसोलेसनमा ३४ जना र घरमा आइसोलेसनमा एक हजार ७३ जना रहेका छन् । आजसम्म चितवनमा २७२ जना कोरोना संक्रमितको निधन भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।