राष्ट्रिय युवा संघ राप्ती नगर कमिटीद्वारा १०४ घरधुरीलाई राहत वितरण गरिएको छ । राप्ती नगरपालिकामा रहेका विपन्न र अशक्त परिवारलाई युवा संघले राहत स्वरुप खाद्यान्न सामाग्री वितरण गरेको हो । खाद्यान्न सामाग्रीहरु एक बोरा चामल, नुन, तेल, दाल रहेका थिए ।

जहाँ दुख, त्यहाँ राष्ट्रिय युवा संघ नेपाल भन्ने मनसायले यस विषम परिस्थितिमा नगरबासीको दुखको साथी बनेको नगर कमिटी संयोजक उत्तम सेढाईले बताउनु भयो । उहाँले राहत सामाग्री जुटाउन सहयोग गर्नुहुने जिल्ला कमिटी लगायत सम्पूर्णमा धन्यवाद प्रकट पनि गर्नुभएको छ । आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमहरु आयोजना गर्ने उहाँले बताउनु भएको छ । नगर संयोजक सेढाईको संयोजकत्वमा राप्ती सातबाट सुरु भएको वितरण कार्यक्रम राप्ती १ लोथरमा समापन भएको थियो ।

आज भएको उक्त राहत वितरण कार्यक्रममा नगर सचिव सोम पुन, नगेन्द्र अधिकारी, बिक्रम भुषाल, वडा नम्बर ६ का संयोजक सिमान्त थपलिया, विद्यार्थी नेता उमाकान्त कँडेल लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार