राप्ती नगरपालिका वडा नम्बर ५ मा वडा स्तरीय बाल क्लब गठन भएको छ । आज एक भेला आयोजना गरि क्लब गठन गरिएको छ । आजको क्लब गठन कार्यक्रमको समन्वय राप्ती नगरपालिका महिला तथा बाल बालिका शाखा प्रमुख देवी अधिकारीले गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा वडा नम्बर ५ कि वडा अध्यक्ष मेनुका पाठक हुनुहुन्यो भने शिखरबस्ती युवा क्लबका अध्यक्ष शुभाष पुरी, कञ्चनबस्ती युवा क्लबका अध्यक्ष म्याग्नेट लामा, सञ्चारकर्मीहरु बिशाल आले मगर र सुरज बराकोटी लगायत वडा नम्बर ५ का विभिन्न टोलबाट बालबालिकाहरुको उपस्थिति रहेको थियो ।

त्यस्तै आजकै भेलाबाट क्लबको अध्यक्षमा प्रिन्सा अधिकारी चयन भएकी छिन् । त्यस्तै उपाध्यक्षमा शिरिष सिलवाल, सचिवमा आशिका भारती चयन भएका छन् । सदस्य सचिवमा आशिष सुनार अन्य सदस्यहरुमा लक्ष्मी तामाङ,सरोज दराई र तनिशा परियार चयन भएका छन् ।

कार्यक्रममा बोल्दै वडाध्यक्ष पाठकले बाल बालिकाको हकको सुनिश्चितताको लागि पनि क्लबको आवश्यक भएको बताउनु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार