बिहान साथीको घर तरकारी लिन गएकी राप्ती नगरपालिका ३ कि सुजिता भण्डारी बेपत्ता परेकी छिन्। घरमा रोपाई भएको र प्रतापपुर साथीको घरमा तरकारी लिन गएकी २२ बर्षकी सुजिता भण्डारी आज शुक्रबार बिहानबाट नै बेखबर रहेकी छिन्।

बिहान करिब ५ बजेतिर घरबाट हिडेँकी उनी घर नफर्किए पछि उनकी दिदी कविताले सम्पर्क गर्ने धेरै प्रयास गरिन् तर फोन स्वीच अफ आयो।

दिउँसो मध्याह्न करिब १२:१५ तिर उनले आफ्नो दिदीलाई कल गरेर आफू अपहरणमा परेको  तर कुन ठाउँमा भएको थाहा नभएको बताएकी उनको परिवारले जनाएको छ।

उनीलाई राप्ती १ सिमराबाट अपहरण गरिएको र सौरहा कता हो भनेर गाडी भित्रको मान्छेले सोधेको पनि सुजिताले फोनमा बताएकी उनको दिदी कविताले जानकारी दिइन्।

आज शुक्रबार दिनभर उनी कहाँ बेपत्ता भइन् अझै पत्ता लागेको छैन तर प्रहरी प्रशासन तथा स्थानिय युवाहरूको खोजी कार्य भने जारी नै रहेको छ। अपहरण नै भए पनि के कारणले अपहरण भएको हो भन्ने केही जानकारी नआएको बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार