राप्ती नगरपालिका ५ स्थित भण्डारा चोकमा दुर्घटना भएको छ । पूर्व पश्चिम राजमार्गको पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्रदेश २ ०३ ००१ ख २९५७ नम्बरको ट्रकले साइकलमा सवार बाटो काट्दै गरेका राप्ती ७ निवासी आस बहादुर प्रजालाई ठक्कर दिदाँ दुर्घटना हुन पुगेको हो । ठक्करबाट घाइते भएका प्रजालाई उपचारको लागि भरतपूर लगिएको छ ।

यता साइकल यात्रीलाई जोगाउन खोज्दा ट्रक राजमार्ग छेउको नालीमा पल्टिन पुगेको छ । ट्रक चालकलाई केहि चोट नलागेको र उनी प्रहरीको नियन्त्रणमा रहेको ईलाका प्रहरी कार्यालय भण्डाराले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार