राप्ती नगरपालिका ३ ले खरको छानो विस्थापित कार्यक्रम अन्तर्गत स्थानियलाई जस्तापाता वितरण गरेको छ । राप्ती ३ मा बसोबास गर्ने २४ घरधुरीलाई जस्ता वितरण गरिएको हो । राप्ती नगरपालिकाबाट विनियोजित ८ लाख बजेटमा सो घरधुरीलाई जस्ता वितरण गरिएको हो ।

आज आइतबार एक औपचारिक कार्यक्रम आयोजना गरि जस्ता वितरण गरिएको थियो । कार्यक्रममा राप्ती नगरपालिकाको उपमेयर इमानसिंह लामा, प्रमुख प्रशासकीय अधिकृत गंगा बहादुर भुजेल, टोल बिकास संस्थाका अध्यक्ष गोपाल विश्वकर्मा, उपभोक्ता समितिका अध्यक्ष शिवकान्त ओली, सचिव सुर्य बहादुर राई, कोषाध्यक्ष सरीना राई बिसुन्के लगायत अन्य पदाधिकारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन राप्ती ३ का वडाध्यक्ष राजकुमार उप्रेतीले गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत भुजेलले छिटो भन्दा छिटो जस्तालाई प्रयोगमा ल्याउन उपभोक्ताहरुलाई आग्रह गर्नु भएको थियो । त्यस्तै आवश्यक परेकाहरुलाई जस्ता वितरण गर्न पाएकोमा उपमेयर लामाले खुशी व्यक्त गर्नुभयो । उहाँले पनि जस्ता हाल्न ढिलाई नगर्न उपभोक्ता सम्पूर्णमा अनुरोध गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार