चितवन । गायिका एलिना चौहानले चितवनको राप्ती नगरपालिका १३ का बिपन्न परिवारलाई खाद्यन्न सामाग्री वितरण गरेकी छिन् ।

उक्त ठाउँका मेयर र वडाध्यक्षको समन्वयनमा करिव २५० घरपरिवारलाई दाल, चामाल, नुन तेल लगायतका खाद्यन्न सामग्री सहयोग गरिएको हो । एलिनाले त्यहाँका बासिन्दालाई तपाईं मीठो के खानु हुन्छ भनेर प्रश्न गर्दा ‘चामलको भात’ जवाफले अचम्म बनाएको उनले सुनाइन् ।

एलिनाले टिकटकमा लाईभ बसेर आएको आफ्नो ब्यक्तिगत पैसा तथा सामाजिक संञ्जालमा जानकारी गराएपछि आएका ५० बढी देश तथा विदेशका सहयोगी हातहरुका कारण यो सम्भव भएको उनले बताइन । एलिनाले त्यहाँको तितो यथार्थलाई सामाजिक संजालमा समेत शेयर गरेकी छन् ।

उनी लेख्छिन् ‘त्याे गाउँमा पुगेपछि थाहा भयाे मिहेनत गरेरपनि वर्षभरी खान नपुग्ने रहेछ । धानकाे चामलकाे त परकाे कुराे मकैकाे पिठाे काेदाेकाे ढिडाे खान नपाएर गिठ्ठा भ्याकुर, चिउरी, टाँकि, सिस्नाे खाई जिवन गुजार्दाे रहेछन् । सरिर ढाग्ने लुगा लगाउँन पाउँदाे रहेनछन् ।’

उनी थप्छिन् ‘८-१० घण्टा टाढाबाट खाद्धन्न लिन आएकाे कुरा थाहा भयाे । यति सम्मकि चामल बाँड्दैछन् भन्ने सुनेपछि चामल बाँड्ने मान्छेहरु कस्ता हुन्छन भन्दै हेर्न आएकाे कुरापनि थाहा भयाे । धेरै कठिन परीश्रमले गाडि त्यहाँ पुग्दाे रहेछ । धेरैकाे घर जान खाेज्याै तर सपनामापनि त्याे सम्भव देखिएन किनकि १ बाट अर्काे घर जाँन १०-१५ देखि घण्टाै लाग्ने रहेछ ।

तलबाट साेध्दा माथि टुप्पाेकाे घर देखाउँदै त्यहाँबाट आएकाे भन्दै थिए धेरै । अनि हामीले दिएकाे सहयाेग लिएर भारी बाेकेर त्यहि पुग्नु पर्ने काेहि त रातकाे १२ बजे तिर पुग्छाै भन्दै थिए ।

हामी काे हाे कस्ले सहयाेग दिदै छ हामी अन्जान थियाै त्याे समाजकालागी । उहाँहरु लाई केहि थाहा थिएन । बस थाहा थियाे त केहि दिनकाे लागि मिठाे खान पाउँदै छाै । बाटाे असहज भएका कारण आज सम्म काेहि सहयाेग लिएर नआएकाे कुरापनि त्यहि गएपछि थाहा भयाे । २५० वटा घरलाई सहयाेग दिन पाउँदा धेरै नै खुशी भएकाे छु ।’ उनले आफुहरुको यो कार्यमा आफ्नो छाक काटेर सहयोग यस कार्यमा सहयोग पुर्याउने प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोगी दाताहरुलाई उनले धन्यवाद पनि दिएकी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार