
नेपाल विद्यार्थी संघले भरतपुर महानगरपालिका शिक्षा महाशाखाका प्रमुख समक्ष विज्ञप्ति बुझाएको छ।
चितवनमा भएको विभिन्न शिक्षामा देखिएका समस्याको ध्यानाकर्षण र समाधानका निम्ति शिक्षा महाशाखाका प्रमुख समक्ष समसामयिक र महत्त्वपूर्ण बिषयमा प्रेस विज्ञप्ति पत्र बुझाइएको हो।
शैक्षिक क्षेत्रको सहजीकरणको निम्ति ध्यानाकर्षण गर्न विज्ञप्तिमा आग्रह गरिएको छ। साथै विभिन्न शिर्षकमा निजी विद्यालयहरुले गरेको शुल्क उठानलाई बन्द गर्न पनि नेवि संघले विज्ञप्ति मार्फत माग गरिएको छ।
कृष्ण बगालेको नेतृत्वमा विज्ञप्ति बुझाएको नेवि संघका नेता राजेस पौडेलले जानकारी दिनुभयो ।