राप्ती नगरपालिका वडा नम्बर ५ मा अवस्थित शिखरवस्ती युवा क्लबले लागू औषध दुर्व्यसन विरुद्धको सचेतना कार्यक्रम सम्पन्न गरेको छ।

आज शनिबार सामुदायिक भवनमा आयोजना गरिएको उक्त कार्यक्रममा ४० जना भन्दा बढी व्यक्तिहरुको सहभागिता रहेको थियो।

कार्यक्रममा ईलाका प्रहरी कार्यालय भण्डराका प्रहरी निरीक्षक राजीव गिरी, विपद तथा संकट व्यवस्थापन समिति चितवन जिल्ला शाखाका संयोजक तथा नेपाल रेडक्रस सोसाइटी चितवन शाखाका सदस्य महेश्वर थपलिया र समाजसेवी तथा शिक्षक गोमनसिंह लामाले प्रशिक्षण दिनु भएको थियो।

प्रशिक्षकहरुले लागू औषधको असरहरुबारे प्रष्ट पारिदिनुभएको थियो।।।

क्लबका अध्यक्ष सुभाष पुरीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमको प्रमुख अतिथिको रुपमा राप्ती नगरपालिकाका नगर उप प्रमुख इमानसिंह लामा,विशिष्ट अतिथि वडा नम्बर ५ कि वडा अध्यक्ष मेनुका पाठक तथा अतिथिहरु श्री शिखर राआविका प्रधानाध्यापक गहेन्द्र नारायण शाह, श्री भण्डारा माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम बहादुर सारु मगर, शिखर सामुदायिक वनका अध्यक्ष सिताराम बल,वडा ११ का वडा सचिव लेखनाथ घलान,वाइसीएल राप्ती नगर ईन्चार्ज संदेश घलान, कञ्चनवस्ती युवा क्लबका अध्यक्ष चुम्बक लामा, समाजसेवी सिंह बहादुर गोले रहनुभएको थियो।

युवा माझमा बढ्दै गएको लागू औषध दुर्व्यसनीलाई  निरुत्साहित गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको अध्यक्ष पुरीले बताउनुभयो।

‘समृद्ध राष्ट्र निर्माणको लागि लागू औषध रहितको स्वस्थ जीवन’ नारा रहेको उक्त कार्यक्रमको सञ्चालन क्लबका सचिव विशाल घिसिङले गर्नुभएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार