राप्ती नगरपालिका १२ मा पहिरोका कारण ज्यान गुमाएका ५५ बर्षीय मोतीलाल चेपाङका जेठा छोरा बखत बहादुर प्रजालाई नेपाली कांग्रेस राप्ती नगर कमिटीद्वारा काजक्रिया खर्च २५,०००/- रकम हस्तान्तरण गरिएको छ।

पहिलो चरणको सहयोग स्वरुप सो रकम हस्तान्तरण गरिएको हो।

नेपाली कांग्रेस राप्ती नगर सभापति नारायण उप्रेती सहित राजेन्द्र बुर्लाकोटी, टंक उप्रेती र अर्जुन चेपाङले बखत बहादुर प्रजालाई रकम हस्तान्तरण गर्नुभएको हो।

कार्यक्रम बोल्दै सभापति उप्रेती पछि पनि सहयोग गर्ने र घर बनाउन पहल पनि गरिने बताउनुभयो।

यही असार १७ गते राति भएको अविरल वर्षाका कारण गएको पहिरोमा मोतीलाल चेपाङ सहित उनका छोरा २४ बर्षीय कृष्णलाल प्रजा, बुहारी २२ बर्षीय निशा प्रजा र ११ महिने नातिनी एलिजा प्रजाले ज्यान गुमाएका थिए।

पहिरोले घर गोठ सहित ५ वटा गाई गोरु,१ सुँगुँर पनि लगेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार