
पूर्वी चितवनको राप्ती नगरपालिका वडा नं. ३ को झुरझुरेमा कार र दुई वटा स्कुटर एक आपसमा ठोकिदा एक बालकको ज्यान गएको छ।
पूर्व पश्चिम राजमार्गको पश्चिमबाट पूर्वतर्फ जादै गरेको बा. १९ च. ७९८६ नम्बरको कारले विपरीत दिशाबाट आउदै गरेको प्रदेश ३ ००३ ६८८८ र प्रदेश ३ ००२ ६४८३ नम्बरको स्कुटरलाई ठक्कर दिदाँ दुर्घटना हुन पुगेको हो।
दुर्घटनामा ६४८३ नम्बरको स्कुटरमा सवार खैरहनी नगरपालिका वडा नम्बर १२ का ३५ बर्षिय राजकुमार अधिकारी गम्भीर घाइते भएका छन् भने उनका ५ बर्षिय छोरा आरुस अधिकारीको मृत्यु भएको छ।
त्यस्तै स्कुटरमा सवार रत्ननगर नगरपालिका वडा नम्बर १५ का १८ बर्षिय निशान भट्टराई र राप्तीका २० वर्षका सन्तोष पोखरेल घाइते भएका छन् । घाईते सबैलाई उपचारको लागि अस्पताल लगिएको ईलाका प्रहरी कार्यालय भण्डाराले जनाएको छ । दुर्घटनामा परेका सवारी साधन ईलाका प्रहरी कार्यालय भण्डाराको नियन्त्रणमा रहेको छ ।