अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) राप्ती नगर कमिटीले सुजिता भण्डारीको हत्यारालाई कडा कारबाहीको माग गरेको छ।

अखिल (क्रान्तिकारी)ले आज शुक्रबार एक विज्ञप्ति जारी गर्दै सो कुरा उल्लेख गरेको हो।

विज्ञप्तिमा भण्डारीको अपहरण देखिको मृत्युसम्मको घटनाक्रमको जानकारी गराउदै त्यो आत्महत्या नभई हत्या हुने अनुमान लगाएको छ। विज्ञप्तिमा भनिएको छ “घटनाको प्रकृति हेर्दा जो कसैले पनि हत्या हो भनेर सहजै अनुमान लगाउन सकिन्छ।”

देश घटेका अन्य घटनाहरुले अपराधी उम्कने,भाग्ने तथा राजनैतिक आडमा लुकाउने प्रवृत्ति भएको पनि विज्ञप्तिमा लेखिएको छ। यस्ता परिपाटीको अखिल(क्रान्तिकारी) ले घोर भत्सर्ना गर्दै र दोषीलाई कारबाहीको दायरामा ल्याउन महत्त्वपूर्ण भुमिका खेलेको जनाइएको छ।

यस्तै सुजिता भण्डारीको हत्यारालाई चाँडो पहिचान गरी कडा भन्दा कडा सजायको माग अखिल (क्रान्तिकारी)ले विज्ञप्ति मार्फत गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार