असार २६/सुरज बराकोटी-राष्ट्रिय युवा संघ नेपाल ,राप्ती नगर कमिटीले सुजिता मृत्यु प्रकरणमा सत्यतथ्य छानबिन गर्न माग गरेको छ।

आज शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै नगर कमिटीले सो माग गरेको हो।

नगर कमिटीका अनुसार सुजिता भण्डारी मृत्युु प्रकरणको प्रहरी अनुसन्धान कायमै रहँदा र भिसेरा परिक्षणको रिपोर्ट आउन बाँकी नै रहँदा घटनालाई अतिरन्जित गराउने, समाजिक अस्थिरता फैलाउने तथा आफन्त र परिवारलाई भट्काउने सुचना तथा  समाचार सम्प्रेषण भएको र विभिन्न समाजिक संजालमा पोष्ट गर्ने खालको प्रवृत्ति बढेको छ।

यस अवस्थामा जनसमुदायमा संयमित रहनलाई राष्ट्रिय युवा संघ नेपाल राप्ती नगर कमिटीले आग्रह पनि गरेको छ।

घटनाको स्वतन्त्र अनुसन्धान गरि सत्यतथ्य बाहि, ल्याउन र यदि हत्या हो भने अपराधीलाई कानुनको दायरामा ल्याइ कडा कारबाहीको माग पनि नगर कमिटीले गरेको छ।

विज्ञप्तिमा लेखिएको छ “न्याय मर्न हुँदैन, मर्न दिदैनौँ। हामी सत्यतथ्यको न्यायिक निरुपणको लागि दह्रो र खरो भएर प्रस्तुत हुने प्रण गर्दछौँ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार