
चितवनमा युवतीमाथि जबरजस्ती करणी गर्न खोजेको आरोपमा एक पुरुष पक्राउ परेका छन् ।
राप्ती नगरपालिका वडा नम्बर ७ मा शुक्रबार साँझ बारीमा घाँस काट्न गएको समयमा पछाडिबाट मुख बन्द गरी १७ बर्षीय किशोरीलाई करणी गर्न खोजेको आरोपमा सोही वडाका २७ वर्षीय महेन्द्र सापकोटा पक्राउ परेका हुन् ।
पिडित पक्षले हालसम्म जाहेरी दिएका छैनन्। जिल्ला प्रहरी कार्यालयका डिएसपी सुर्य बहादुर थापाका अनुसार किशोरी चिच्याएपछि गाउँलेहरुले थाहा पाएर सापकोटालाई वडा कार्यालयमा बुझाएका हुन्।