सचितराज सेढाई,चितवन-नेपाल बङ्गलादेश बैंक लिमिटेड (नारायणगढ शाखा) ले सरकारले लागू गरेको सामाजिक सुरक्षा कोषको विरोध गर्दै आज हात-पाखुरामा कालोपट्टी बाँधेर सेवा सञ्चालन गरेका छन् । कोषले असार मसान्त भित्र आवद्ध हुन सार्वजनिक सुचना निकाले लगत्तै देशभरीका कर्मचारीहरुले आन्दोलन सुरु गरेका हुन् ।

बैंक, बीमा तथा वित्तीय संस्थाका कर्मचारीहरुको खाइपाइ आएका सेवा-सुबिधाहरु कटौती हुनेगरि जबर्जस्ती सामाजिक सुरक्षा योजनामा सरिक हुन कोषले दबाब दिएको भन्दै अहिले देशभरीका बैंक, बीमा तथा वित्तीय संस्थाका कर्मचारीहरु विरोधमा उत्रिएका छन् । बैंक, बीमा तथा वित्तीय संस्थाका कर्मचारीहरु आकर्षक हुनेगरी योजना नल्याई षड्यन्त्रमुलक र दुराशायपुर्ण किसिमले कर्मचारीहरुलाई मर्का पर्नेगरी सामाजिक सुरक्षा योजनामा लान खोजिएकोले आफुहरु बिरोधमा उत्रिनु परेको कर्मचारीहरुको भनाइ छ।

अहिले विश्वव्यापी रुपमा फैलिएको कोभिड-१९ (कोरोना भाइरस) को माहामारीका कारण बैंक, बीमा तथा वित्तीय क्षेत्र संकटमा परेको भन्दै यस्तोबेला सामाजिक सुरक्षा कोषमा सुचिकृत हुन नसकिने संघले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार