
राप्ती नगरपालिका ०५ अवस्थित जेपी युवा क्लबको संयोजकत्वमा राप्ती ०५ भित्रका अति विपन्न १७ घरधुरीलाई खाद्यान्न सामग्री २५ किलोको १ बोरा चामल, १ पोका नुन, १ लिटर तेल र ३ किलो दाल राहत स्वरुप वितरण गरिएको छ।
राप्ती नगरपालिका वर्ड न.५ निवासी श्री अर्जुन दनै ज्यु ले आज भाद्र-२४ गते छोरा आयन्सको जन्मदिनको अवसर पारेर जेपि युवा क्लब लाई रू.२५,००० /- (पचिस हजार रुपैया )प्रदान गर्नु भएको थियो।
प्राप्त रकम उक्त घरधुनीको खाद्यान्नको लागि खर्च गरिएको थियो।
क्लबका तर्फबाट अध्यक्ष अविप कडेँल सहित अरु पदाधिकारीहरुले जन्मदिनको शुभकामना सहित उत्तरोत्तर प्रगतिको कामना गरेका थिए।
राहत वितरण गर्ने खबर थाह पाउने बितिकै एकराज सिलवालले १ हजार १ सय १० रुपैयाँ सहयोग गरेका थिए। उनी प्रति पनि जेपी युवा क्लब आभार रहेको कुरा अध्यक्ष कडेँलले बताए।