कोरोना भाइरस विरुद्धको खोप अभियानमा चितवनमा कुल १७३०१ जनाले खोप लगाएका छन्। कोभिड १९ विरुद्धको भेरोसिल खोप अभियान अन्तर्गत चितवनमा रहेका स्वास्थ संस्थाहरुबाट खोप लगाइएको हो।

यसैगरि पुरुष ८९६८ र महिला ८३३३ जनाले खोप लगाएका हुन्। कुल ८१ वटा स्थानिय स्वास्थ संस्थामा संचालन भएको उक्त खोप अभियानमा आज जिल्लाभर ८८३२ वटा शीशी खर्च भएका छन्।

यस्तै राप्ती नगरपालिकामा १४५१ जनाले खोप लगाएका छन्। जसमा पुरुष ७३० रहेका छन् भने महिला ७२१ जना रहेकम छन्। १४ वटा स्वास्थ्य संस्थामा सञ्चालन भएको कार्यक्रममा ७२६ वटा शीशी खर्च भएको राप्ती नगरपालिका स्वास्थ शाखाले जनाएको छ।

राप्तीमा हिजो साउन १ गते पुरुष ६४१ र महिला ५९५ गरि १२३६ जनाले कोभिड विरुद्धको खोप लगाएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार