चितवनको खैरहनी नगरपालिकामा ट्याङ्करको ठक्करबाट मोटरसाईकलमा सवार एक युवतीको मृत्यु भएको छ। मृत्यु हुनेमा खैरहनी नगरपालिका वडा नम्बर १० निवासी २२ बर्षिय सिर्जना चौधरी रहेकी छिन् ।

आज साँझ पूर्वबाट पश्चिमतर्फ जादै गरेको ट्याङ्करले पश्चिमबाट पूर्वतर्फ आउदै गरेको मोटरसाईकललाई ठक्कर दिएको थियो।

पुर्वबाट पश्चिमतर्फ जादै गरेको ना ८ ख ३०२४ नम्बरको ट्याङ्करले विपरीत दिशाबाट आउदै गरेको ना ४४ प ५१२२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हाे। ठक्करबाट घाइते भएकी चौधरीको अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

मोटरसाइकल चालक रत्ननगर नगरपालिका ३ का २६ वर्षिय सुवास चौधरी भने सामान्य घाइते भएको ईलाका प्रहरी कार्यालय खैरहनीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार