काठमाडौं,साउन ३ । प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिनुहुने भएको छ ।

सर्वोच्च अदालतले प्रतिनिधि सभालाई पुनःस्थापना गरेपछि राष्ट्रपतिले आज अपरान्ह ४ बजे बैठक डाक्नु भएको थियो

संसद सचिवालय स्रोतका अनुसार आजको बैठक दुई चरणमा बस्नेछ । पहिलो चरणको कार्यसूची सम्पन्न भएपछि दोस्रो चरणमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिने तयारी गरिएको बताइएको छ ।

सर्वोच्चको परमादेशपछि प्रधानमन्त्री देउवा गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । प्रधानमन्त्रीमा नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार