
काठमाडौं,साउन ३ । पछिल्लो २४ घण्टामा आज देशभर एक हजार ८०१ जना संक्रमित थपिएका छन् ।
त्यस्तै आज ९ हजार ६२८ जनाको परिक्षण गरिएकोमा आर्टि पिसियारविधिबाट ६६२८ र एन्टिजोन विधिबाट ३००० को परिक्षण गरिएको मा उक्त संक्रमित फेला परेका हुन ।
पछिल्लो २४ घण्टामा संक्रमण मुक्त हुनको संख्या एक हजार ६६७ जना रहेका छन् । त्यस्तै आज कोभिड संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २३ रहेको छ ।