गत असार २० गते मृत अवस्थामा भेटिएकी चितवनकी सुजिता भण्डारीको शव परिवारले बुझेका छन्। शव बुझे सँगसँगै आज सोमबार नै चितवन ल्याइदैछ।

सुजिताको हत्या भएको भन्दै परिवारले आरोपित सार्वजनिक नहुँदासम्म शव नबुझ्ने अडान लिँदै आएका थिए।

शनिवार जिल्ला प्रशासन कार्यालय चितवनमा बसेको बैठकबाट उनीको परिवारले शव बुझ्ने निर्णय गरेको हो।

असार ११ गतेबाट हराएकी सुजिताको शव ९ दिन पछि जंगलमा भेटिएको थियो।

जंगलमा प्राप्त प्रमाण, काठमाडौंमा गरिएको पोष्टमार्टमको रिपोर्टको आधारमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

पोस्टमार्टम रिपोर्टमा उनको शरीरमा चोटपटक नदेखिएकाले हत्या नभएको प्रहरीको अनुमान रहेको छ।

कुनै विषाक्त पदार्थको सेवनबाट उनको मृत्यु भएको हो होइन भन्ने यकिन हुन सकेको छैन । यसकै अनुसन्धानको लागि प्रहरीले भिसेरा रिपोर्ट पर्खिराखेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार