मेमोरी किङ्ग अर्पण शर्मा भन्छन,” नेपालका कुनैपनि स्कुल कलेजका किताबमा ध्यान कसरी गर्ने भनेर सिकाइएकाे कुरा कतै पनि भेटिएन।पढाइ राम्रो गर्ने कुरा भनेकाे ध्यान गर्नु नै हाे।सबैभन्दा पहिला आफ्नाे शरीर सन्तुलनमा राखेर ध्यान गर्नुपर्दछ।” वास्तवमा म आज कक्षा १५ मा अध्ययन गर्ने विद्यार्थी हुँ। कुनैपनि पाठ्यक्रममा मैले पढाइ तिर कसरी ध्यान दिने भन्ने कुनै सुत्र र तथ्य भेटिनँ। भेटे त के भने,समयमा स्कुल जाने,शिक्षकले पढाएकाे कुरा ध्यान दिएर सुन्ने र घाेकेर जाचमा प्रथम/ दाेस्रा/ तेस्रा हुने कुरा मात्रै भेटे।आज विश्वलाई हेर्दा नेपालभन्दा सय बर्ष अगाडि छन छिमेकि देशहरु।तर हामी सय बर्ष पछाडि का इतिहास पढेर पागलपन काे सिकार हुँदै छाै।विश्वका अन्य विश्वविद्यालय हरुमा प्रत्येक बर्ष नया पाठ्यक्रम हुन्छ तर नेपालमा बाजे देखि नाति सम्म एउटै किताब पढाइ भइरहेकाे छ।हाम्रो देश एउटा विकाशाेन्मुख राष्ट्र हाे।यश देशका साेझा नागरिकहरु परिवर्तन र विकास चाहन्छन ।अपसाेच नयाँ कुराकाे थालनी हुन नपाउदै देशमा भएकाे राजनीतिक खिचातानीका कारण बन्न लागेकाे काम र हुन लागेकाे विकाश का साथै परिवर्तन का संवाहक पनि राेकिन्छन ।यसकाे असर शैक्षिक क्षेत्रमा पनि परेकाे छ।राजनितीक दरार का कारण उच्च शिक्षा हासिल गर्न विश्वविद्यालय छिरेकाे पढाइमा अब्बल विद्यार्थी राजनीति काे माेहमा २/४ दिन फुरुक्क पर्छ र पार्टीको झण्डा बाेकेर हिड्छ। दुईचार बर्षकाे रमझम पछि पढेर केही गर्ने सुनाैलाे सपना राजनीति का कारण चकनाचुर भएपछि अतीत लाई सम्झेर धिकार्न थाल्छ।जिन्दगी चलाउन पैसाकाे जरुरत देखेर एक असल विद्यार्थी सानै उमेर विदेश पलायन हुन्छ।कतिपय विद्यार्थी डिग्रि हासिल गरेर पनि बेरोजगार हुन्छन।किनकि सरकारि सेवामा लाग्न अब्बल पढाइ हुदैन,स्वराेजगार बन्न आफुसग भएकाे पैसा डिग्रि पढ्ने हाेडबाजिमा सबै सकिन्छ।यसैबीच मा एउटा उदाहरण प्रस्तुत गर्दा: अमेरिका काे Harvard university काे पढाइ Market oriented भयाे विद्यार्थी लाई चाहिने कुरा दिन सकियन भनेर विश्व प्रसिद्ध prof.cornel west ले हिजाे राजिनामा दिएका छन् ।आफ्नाे आमा मर्दा जम्मा २ जना मात्रै विद्यार्थी ले Harvard newsletter मा reply गरेकाे भन्दै Harvard जस्तो विश्वविद्यालय ले त नसकेकाे कुरा झन् अरु विश्वविद्यालय काे के हाल हाेलाभनेर उनले आफ्नाे नैतिकता गुमेकाे भन्दै राजिनामा पेस गरेकाे समाचार सुने।याे सुन्दा मलाई सपना जस्तो लाग्याे र नेपालका विश्वविद्यालय पढाउने शिक्षक लाई सम्झेर भावुक भए।नेपालमा त जागिर खान पाए भयाे विद्यार्थी जे गराेस जस्तो पढाेस कुनै शिक्षकलाई मतलब छैन ।तलब बढेर भनेर हडताल गर्नि शिक्षकहरु ले कहिल्यै विद्यार्थी फे पढेन भनेर आजाव उठाएनन्।नेपालमा घाेकन्ते पाराले डिग्रि पढेका विद्यार्थी हरु आफुमा प्राविधिक र समसामयिक ज्ञानकाे कमि ले गर्दा पटकपटक जागिर खाेज्दा निरास परेर विदेश जान बाध्य भएका छन।बुवाअामाकाे इज्जत राख्न बाध्य भएर डिग्रि पढ्ने विद्यार्थी हरुपनि कम छैनन। रुचि एकातिर हुन्छ भने बाध्यता अर्काे तिर ।अनि दिमाग खियाएर जबर्जस्ती पढिदिदा मनमा नकारात्मक साेचाइहरुले जालाे बुनिरहेकाे हुन्छ।सुन्दा अचम्म लाग्छ,म भन्दा ठुला मेरा दाईदिदिहरु कतिपय अहिले डिग्रि हाेल्डर हुनहुन्छ।वाणिज्य र विज्ञानबाट डिग्रि हासिल गरेपनि गाउमा गाई र बाख्रा फर्म सञ्चालन गरेर आर्थिक स्थिति सुधार्ने क्रममा हुनहुन्छ । भविष्यमा विश्वविद्यालय पढेर पनि किसान बन्ने भए पैसा र मेहनत किन खेर फाल्ने त? सर्टिफिकेट लिनकै लागि खर्च गरेकाे पैसा ले सानैबाट लगानी गरेर व्यवसाय मार्फत कराेडपति बने के फरक पर्ला त?? 
अन्तमा; जबसम्म हाम्रा विश्वविद्यालय हरुमा घाेकन्ते शिक्षा मात्रै दिइन्छ अर्थात सिपमुलक र जिवनउपयाेगि शिक्षा दिइदैन तबसम्म प्रतिभा पलायन हुन राेकिदैन।हाम्रो देशमा भएका जल,जमिन,जङ्गल अादि लाई उचित  सदुपयोग गर्ने खालकाे शिक्षा दिने हाे भने केही बर्षमै कयौं स्वराेजगार बन्न सक्छन।प्रत्येक विद्यार्थी हरु प्रतिदिन धनी हुनेछन ।जसले गर्दा नेपालमै प्रतिभाकाे सदुपयाेग भएपछि देशले पनि विकासकाे पाइला चाल्न थाल्दछ।

प्रतिक्रिया

सम्बन्धित खवर