
काठमाडौं,साउन ५ । आज थप नेपालमा ३१०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमणमुक्त हुनेको संख्या १५९५ रहेको छ ।
सोही अवधिमा २५ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै हालसम्म संक्रमितमध्ये ६ लाख ३४ हजार ९२७ जना संक्रमणमुक्त भएका छन् भने, ९ हजार ६०७ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट निको हुने दर ९४.६ प्रतिशत रहेको छ ।