१०७ अौँ वी.पी. जयन्तीको पावन अवसरमा नेपाल विद्यार्थी संघ लमजुङ -चितवन सम्पर्क समिति एवम नेपाल विद्यार्थी संघ लमजुङ -पोखरा सम्पर्क समिति द्दारा आयोजित “नेपाली कांग्रेसको १४अौँ महाधिवेशनमा युवाहरूको भुमिका ” विषयक अन्तरक्रिया कार्यक्रम अनलाइन मार्फत सम्पन्न गरिएको छ।

कार्यक्रममा सहभागी भइ आफ्नो महत्त्वपूर्ण धारणा प्रकट गर्नुहुने र आफ्नो अमुल्य समय प्रदान गर्नुहुने नेपाली कांग्रेस लमजुङ जिल्ला कार्य समिति, प्रदेश सभा ख कार्य समिति, नेपाली कांग्रेस सुन्दरवजार कार्य समिति, नेपाल शिक्षक संघ लमजुङ, नेपाल शिक्षक संघ सुन्दरवजार नगर समिति, नेपाल विद्यार्थी संघ लमजुङ , प्राविधिक सहयोग गर्नुहुने विद्यार्थी नेता सुजन सापकोटा लगायत सम्पुर्ण महानुभावहरु प्रति आयोजक ले विशेष आभार प्रकट गर्नु भएको छ।

कमल भुजेल नेतृत्वको नेपाल विद्यार्थी संघ लमजुङ चितवन सम्पर्क समिति र आरधना घिमिरे नेतृत्वको लमजुङ – पोखरा सम्पर्क समिति ले उक्त कार्यक्रम सभ्य र भब्य सम्पन्न गरेको छ।

नेपाली कांग्रेस लमजुङ जिल्ला प्रदेश सभा ख समिति सभापति एवम विद्यार्थी विभाग प्रमुख, युवा नेता वृषराज गुरुङ ज्यु,नेपाली कांग्रेस लमजुङ जिल्ला प्रदेश सभा ख समिति सचिव गणेश गौलि ज्यु, नेपाली कांग्रेस लमजुङ जिल्ला प्रदेश सभा ख समिति सदस्य एवम सुन्दरवजार नगरपालिका निर्वाचित वडा सदस्य युवा नेता अमृत न्यौपाने ज्यु,नेपाल शिक्षक संघ लमजुङकन उपाध्यक्ष सुर्य केसि नेपाली कांग्रेस जिल्ला कार्य समिति लमजुङको सदस्य अर्जुन परियार,नेपाल शिक्षक संघ सुन्दरवजार नगरसमिति सभापति खुशिराम खनिया, नेपाल विद्यार्थी संघ लमजुङ सचिव भुवन न्यौपाने, प्रभावशालि विद्यार्थी नेता निर्मल अधिकारी ,ने बि संघ राप्तीनगरपालिका सभापति काशिराम चालिसे , नेवि संघ वन विज्ञान संस्थान हेटौंडा सचिव विशाल, विपि स्मृति पार्क संरक्षण समिति सभापति राजकुमार केसि,बिधार्थी नेता उतम तिमेलसिना लगायत ले आफ्नो धारणा राख्दै कार्यक्रम सम्पन्न भएको छ।

नेपाली काङ्ग्रेसको आगामी महाधिवेशनमा युबा सक्रियता र युबा को विशेष भुमिका भएमा, नेतृत्वमा युबाले अवसर पाएमा नेपाली काङ्ग्रेस पहिलो पार्टी बन्ने छ र देशको बिकाश हुने छ भन्ने भनाइ प्रस्तुत भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार