पूर्वी चितवनको राप्ती नगरपालिका ५ का आगलागी पिडित झा परिवारलाई स्थानीयहरुद्वारा राहत स्वरुप रकम संकलन गरिएको छ। स्थानीयहरुले १,६६,५८५ रुपैयाँ रकम संकलन गरेका छन्। संकलित रकम झा परिवारलाई आजै हस्तान्तरण गरिएको छ।

आज एक अनौपचारिक कार्यक्रमको आयोजना गरि आगलागी पिडित रामेश्वर झा र उनका दुई छोराहरु गोविन्द र ललन झालाई उक्त रकम हस्तान्तरण गरिएको हो।

राप्ती नगरपालिका ४,५ र ६ का विभिन्न ६०२ घरपरिवार लगायत जनप्रतिनिधिहरुबाट पिडित परिवारलाई नगद र जिन्सी सामानहरु संकलन गरिएको थियो।

जिन्सी सामानहरुमा ओछ्याउन प्रयोग गरिने सिरक,डसना,तकिया,तन्ना, खाट र खाद्यान्न सामाग्रीहरुमा चामल,आँटा रहेका छन्।

झा परिवारको घरमा सोमबार राती करिब २ बजे आगलागी भएको थियो।आगलागीबाट सम्पूर्ण सामानहरु जलेर नष्ट भएका थिए भने घरमा पूर्ण क्षति पुगेको थियो ।

खानलाई खाद्यान्न र बस्न बास नै नभएपछि स्थानीय, अग्रज व्यक्तित्व,समाजसेवी तथा सामाजिक अभियन्ताहरुको सक्रियतामा रकम संकलनको कार्य भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर