जेपी युवा क्लबले आगलागी पिडित झा परिवारलाई जिन्सी सामान हस्तान्तरण गरेका छन्।

सामानहरुमा ५ जोर सिरानी र ५/५ वटा सिरक,डसना,तन्ना र कम्बल रहेका छन्।

समाजसेवामा सधै लागिरहेको युवा क्लबले सो सामाग्री हस्तान्तरण गरेका हुन्।

आगलागी भएको जानकारी भएपछि आकस्मिक बैठक बसी सो सामाग्री दिने निर्णय गरेको क्लबका सचिव आर्यन सेढाईले बताए।

स्थानिय रामेश्वर झाका परिवार एकदम मिलनसार रहेको क्लबका अध्यक्ष अविप कँडेलले बताए। यस्तो बेलामा सहयोग गर्न सबैमा अनुरोध कँडेलले गरेका छन्। राप्ती ५ निवासी हाल अष्ट्रेलियामा कार्यरत अर्जुन दनैको सहयोगमा सामाग्री हस्तान्तरण भएको पनि उनले बताए।

झा परिवारको घरमा सोमबार राती करिब २ बजे आगलागी भएको थियो।आगलागीबाट सम्पूर्ण सामानहरु जलेर नष्ट भएका थिए भने घरमा पूर्ण क्षति पुगेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर