नेपाली काङ्ग्रेसको १४ औ महाधिवेशन नजिकिदै गर्दा भरतपुर महानगर कमिटीको सभापतीमा वचन कार्कीले उम्मेद्वारी घोषणा गर्नु भएको छ ।

आज भरतपुरस्थित सिजि ल्याण्डमार्कमा पत्रकार सम्मेलनको आयोजना गर्दै वचन कार्कीले आफ्नो उम्मेद्वारी घोषणा गर्नुभएको हो । १७ हजार क्रियाशील सदस्य रहेको महानगरमा ७ हजार हाराहारीमा भोट ल्याउनेले जित्ने र युवाहरुको संख्या ६ हजार रहेकाले आफुले उम्मेद्वारी घोषणा गरेको कार्कीले बताउनु भयो । उहाले आफुले युवाहरुको प्रतिनिधित्व गर्दै उम्मेद्वारी दिएको बताउनुभयो । विद्यार्थी राजनितीबाट राजनिती सुरु गरेका कार्कीले महानगरमा युवा लक्षित कार्यक्रम ल्याउने प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभएको छ ।

उहाले काङ्ग्रेसका सूचनालाई एकीकृत गर्न एप बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । आफ्नो नेतृत्वमा काङ्ग्रेसलाई थप शसक्त योजनासहित उम्मेद्वारी घोषणा गरेको कार्कीले बताउनु भयो । नेपाली काङ्ग्रेसको १४ औ महाधिवेशन भदौ १२ मा हुने कार्यतालिका रहेको छ । त्यसअघि साउन १२ गते नगर र वडाका अधिवेशन सम्पन्न गर्ने कार्यतालिका रहेको भएपनी साउन २० लागि सारिएको छ । तर, यो मिति पनि सरेर साउनको अन्तिम सातासम्म अधिवेशन सम्पन्न हुन सक्ने काङ्ग्रेसीहरुको विश्वास छ ।

प्रतिक्रिया

सम्बन्धित खवर