जिल्ला प्रहरी कार्यालय चितवनले सुजिता मृत्यु प्रकरणसँग सम्बन्धित रहेको भन्दै एकजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मृतक सुजिताको ठुलबाबाको छोरा पर्ने २३ बर्षीय सचिन भनिने सुकदेव भण्डारी रहेका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनले आज पत्रकार सम्मेलन गर्दै सो जानकारी दिएको हो।

सुजिता मृत्यु प्रकरणका अनुसन्धान अधिकृत डिसएपी इन्द्रबहादुर रानाले आत्महत्या दुरुत्साहन मुद्दामा सुजिताको दाईलाई पक्राउ गरिएको जानकारी दिएका छन् ।

सुजितालाई आत्महत्या गर्न बाध्य पारिएको भन्दै आमा अम्बिका भण्डारीले यही असार ६ गते जिल्ला प्रहरी कार्यालयमा सुकदेवको नाम किटान गरेर मुद्दा दर्ता गरेकी थिइन् ।

डिएसपी रानाका अनुसार सुकदेव विरुद्ध ज्यान सम्बन्धि कसुर अन्तर्गत ५ वर्ष कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने व्यवस्था रहेको छ ।

झापाको झापा गाउँपालिका– ६ शरणमतिका २३ वर्षीय सुकदेव र सुजिताबीच सके विदेश जाने नत्र विवाह गरेर कतै एक्लै बस्ने सम्मको तयारी भएको डिएसपी रानाले बताए।

सुजिता काठमाडौंमा दिदीको घर केहिदिन बसेपछि सुकदेवलाई अर्को कोठा खोज्न दबाब दिएको र सँगै कोठामा बसेको अनुसन्धानबाट खुलेको बताइएको छ।

यही असार ९ गते उनीहरु बीच विवाद भएको अनुसन्धानबाट खुलेको छ। सुजिताले विवाह प्रस्ताव राख्दा सुकदेवले नमानेको र सुजिताले मर्छु भनेर फोन काटेपछि उनीहरुबीच केही कुरा नभएको अनुसन्धानबाट खुलेको हो।

असार ११ गते बेपत्ता भएकी सुजिताले सोही दिन दिउँसो दिदी कवितालाई फोन गरि अपहरणमा परेको जानकारी गराएकी थिइन्। त्यसपछि एकैचोटी उनको शव नजिकैको सामूदायिक जंगलमा भेटिएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर