राप्ती नगरपालिकामा बैशाख यता कुल कोरोना संक्रमितको संख्या ४६४ पुगेको छ। जसमा २३६ जना पुरुष र २२८ जना महिला रहेका छन्।

राप्ती नगरपालिका स्वास्थ शाखाका अनुसार हाल सक्रिय संक्रमितको संख्या १०१ पुहेको छ। संक्रमणबाट १५ जनाले ज्यान गुमाएका छन् भने ३४८ जना संक्रमणमुक्त भएका छन्।

शाखा प्रमुख सुरेश न्यौपानेका अनुसार भण्डारा अस्पतालले ७२८ एन्टीजेन परिक्षण गरेकोमा २५६ जनामा कोरोना पुष्टि भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर