राप्ती नगरपालिका नगर स्तरीय महिला समन्वय समितिद्वारा एकल, विपन्न महिलालाई  वितरण गरिएको बाख्राको विषयलाई लिएर ध्यानाकर्षण गरिएको छ।

राप्ती नगरपालिकाका नेपाली कांग्रेस,नेकपा एमाले,ने.क.पा. (माओवादी केन्द्र) र राप्रपा सहितको संयुक्त राजनैतिक दलहरुले आज एक विज्ञप्ति मार्फत सहित ध्यानाकर्षण गराएको हो।

संयुक्त दलका प्रतिनिधिहरुद्वारा आज आइतबार मेयर प्रभा बराललाई ध्यानाकर्षण पत्र बुझाइएको हो ।

“नगर प्रमुख संरक्षक रहेको महिला समन्वय समितिको नामबाट एकल तथा विपन्न महिलाहरुलाई वितरण गरिएको बाख्राहरुको खरिद प्रक्रिया एवं खरिद रकमका बारे व्यापक अनियमितता र भ्रष्टाचार भएको आवाजहरु आम नागरिकवासीहरु एवं सञ्चारकर्मीहरुबाट उठिरहेको एवं खरिद प्रक्रियामा संलग्न तथा जिम्मेवार व्यक्तिहरुबाट फरक फरक स्पष्टीकरण आइरहेको सन्दर्भमा यस भित्र केही गल्ती त्रुटीहरु अवश्य रहेको बोध हुन्छ।” विज्ञप्तिमा लेखिएको छ।
यस्तै घटनाको सत्यतथ्य छानबिन गरि सार्वजनिक गर्न र दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन विज्ञप्ति मार्फत माग गरिएको छ।

छानबिन प्रकृया अगाडि नबढेमा र ढाकछोपको अवस्था सिर्जना भएमा दलहरुले राजनैतिक तथा कानुनी बाटो अवलम्बन गर्न बाध्य हुने व्यहोरा विज्ञप्तिमा जनाईएको छ।
गत बिहीवार महिला समन्वय समितिद्वारा आयोजित बाख्रा अनुदान कार्यक्रममा गुणस्तर र खरिद मुल्यको कुरा लिएर स्थानियहरुले विरोध गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर