
राप्ती नगरपालिका-६, भण्डारामा अवस्थित श्री भण्डारा माध्यमिक विद्यालयमा भण्डारा मा.वि. उत्सव तथा स्मृति छात्रवृत्ति अक्षयकोष स्थापना भएको छ।
यस विद्यालयमा पहाडी भू-भाग र स्थानीय समुदायमा बसोबास गर्ने अधिकांश गरिबका छोराछोरी विद्यालय पोशाक बिना नै उपस्थित हुने, पठनपाठनको निम्ति आवश्यक सामाग्री खरिद गर्न नसकी बिचमै कक्षा छोड्ने र विद्यालयबाट बाहिरिने प्रक्रिया बढि नै रहेको छ।
सो प्रक्रियालाई कम गर्न हौसला स्वरुप छात्रवृत्ति उपलब्ध गराउन आवश्यक देखिएको हुँदा विद्यालयका पूर्व विद्यार्थी , समाजसेवी , शिक्षाप्रेमी , दीन दु:खीका सहयोगी, यस विद्यालयका शुभ चिन्तक शुभेच्छुक तथा देश विदेश मा रहनु भएका सम्पूर्ण सम्पूर्ण आमाबुबा , दाजुभाइ तथा दिदिबहिनीहरुले आफ्नो जन्मदिन , वैवाहिक वर्षगाँठ , आफ्ना आफन्तका स्मृति दिवस तथा विभिन्न अवसर पारी यसै भण्डारा माध्यमिक विद्यालयमा स्थापना भएको अक्षयकोषमा आफ्नो इच्छा अनुसार दान गर्न विद्यालय ब्यबस्थापन अध्यक्ष तथा अक्षयकोषको संयोजक राम बहादुर सारु मगरले अपिल गर्नुभएको छ।
विगत दुई बर्ष अघि देखि प्रक्रिया थालिएको तर विविध कारणवश २०७७-०४-१७ गतेबाट मात्र वैधानिक रुपमा अक्षयकोष अघि बढाइएको व्यहोरा पनि संयोजक मगरले जानकारी दिनुभयो।
अक्षयकोषको श्रीवृद्धिका श्री भण्डारा माध्यमिक विद्यालयको शिक्षक लक्ष्मण बर्तौलाले ५,०००/- को सुरुवाती सहयोगका साथै जनताको मन मुटुमा बस्न सफल स्व. नेता जेपी भेटवालको काँइला भाइ विनोद भेटवालद्वारा १००,०००/-, निलमणी थपलियाद्वारा ३१,१००/-, शिवहरी पाठकद्वारा ४८,०००/-, यसै विद्यालयको पूर्व विद्यार्थी गणेश मिजारद्वारा १६,१०५/- लगायत अन्य स्थानिय, अग्रज सामाजिक व्यक्तित्व तथा पूर्व विद्यार्थीहरुबाट सहयोग प्राप्त भएको पनि उहाँले बताउनु भयो।
अक्षयकोषको लागि प्राप्त भएको रकम यस विद्यालयमा अध्ययनरत सम्पूर्ण गरिब , असहाय तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति उपलब्ध गराई गुणस्तरीय शिक्षा प्रदान गर्नको निम्ति उपयोग हुनेछ।
साथै सहयोग गर्न इच्छुक महानुभावहरुले भण्डारामा अवस्थित सानिमा बैंकमा रहेको श्री भण्डारा मा.वि. उत्सव तथा स्मृति छात्रवृत्ति अक्षयकोष (shree bhandara ma.vi. utsav tatha smriti chhatrabriti akshaya kosh) खाता नं. – ०१२०१००१००००७२८ (012010010000728) को SWIFT CODE – SNMANPKA मा रकम जम्मा गरेर सहयोग गर्न सकिनेछ।
अथवा तलका नम्बरमा सम्पर्क गरि पनि सहयोग गर्न सकिनेछ।
राम बहादुर मगर -9855061836
कुमार सिंह लामा – 9845049980
लक्ष्मण प्रसाद बर्तौला -9845078278
दिलिप हुमागाई – 9855062263
रबिन बुढाथोकी – 9845064641
बिना चौलागाईं -9845120498
भण्डारा मा बि -056550011 अनिता खरेल -9865045264 शान्ति मैनाली -9845220406 कौशिला चौधरी -9845819291