राप्ती नगरपालिकामा आज सोमबार ५ जना थपिएसँगै बैशाख यता कुल कोरोना संक्रमितको संख्या ४९० पुगेको छ। जसमध्ये २४९ जना पुरुष र २४१ जना महिला रहेका छन्।

राप्ती नगरपालिका स्वास्थ शाखाका अनुसार हाल सक्रिय संक्रमितको संख्या १०१ रहेको छ। संक्रमणबाट १५ जनाले ज्यान गुमाएका छन् भने ३७४ जना संक्रमणमुक्त भएका छन्।

शाखा प्रमुख सुरेश न्यौपानेका अनुसार भण्डारा अस्पतालले ७५६ एन्टीजेन परिक्षण गरेकोमा २६८ जनामा कोरोना पुष्टि भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार