राप्ती नगरपालिकामा आज मंगलबार १३ जना थपिएसँगै बैशाख यता कुल कोरोना संक्रमितको संख्या ५०३ पुगेको छ। जसमध्ये २५८ जना पुरुष र २४५ जना महिला रहेका छन्।

राप्ती नगरपालिका स्वास्थ शाखाका अनुसार हाल सक्रिय संक्रमितको संख्या १०८ रहेको छ। संक्रमणबाट १५ जनाले ज्यान गुमाएका छन् भने ३८० जना संक्रमणमुक्त भएका छन्।

शाखा प्रमुख सुरेश न्यौपानेका अनुसार भण्डारा अस्पतालले ७९१ एन्टीजेन परिक्षण गरेकोमा २७९ जनामा कोरोना पुष्टि भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार