काठमाडौं,साउन १२ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका ३ हजार ८ सय ९९ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ६ लाख ८५ हजार ६ सय ७३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज १७ सय ७८ संक्रमणमुक्त भएका छन् । हालसम्म ६ लाख ४७ हजार ७९ जना संक्रमणमुक्त भएका छन् ।

२४ घण्टामा १७ हजार ५१८ जनालाई कोरोना परीक्षण गर्दा उक्त संक्रमण पुष्टि भएको हो । त्यसैगरि कोरोना संक्रमणबाट आज थप २० जनाको मृत्यु भएको छ ।

योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ९ हजार ७ सय ५८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार