
सरकारले चितवनका माओवादी नेता अमिक शेरचनलाई लुम्बिनी प्रदेशको प्रमुख बनाउने निर्णय गरेको छ । सरकारले चितवनका माओवादी नेता अमिक शेरचनलाई लुम्बिनी प्रदेशको प्रमुख बनाउने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले शेरचनलाई प्रदेश प्रमुख बनाउने निर्णय गरेको हो । शेरचन यसअघि गण्डकी प्रदेशको प्रमुख भएका थिए । केपी ओली नेतृत्वको सरकारले केही समय पहिला उनलाई हटाउँदै चितवनकी सीता पौडेललाई प्रदेश प्रमुखमा नियुक्त गरेको थियो ।