आगलागी पिडित झा परिवारलाई रकम सहयोग भएको छ। पिडित परिवारलाई मंगलम पाइपद्वारा ५० हजार रकम बराबरको चेक सहयोग भएको हो। बिहिवार एक कार्यक्रमको आयोजना गरि चेक हस्तान्तरण गरिएको हो।

राप्ती नगरपालिका ५ निवासी भाई जी झा केही समय यता देखि  मंगलम पाइपमा आवद्ध भएर प्लम्बरको रुपमा काम गरिरहेका छन्। उनलाई क्षेत्रीय सेल्स म्यानेजर सुवास पौडेल र डिष्ट्रिब्युटर रमेश उप्रेतीले चेक हस्तान्तरण गर्नुभएको हो।

कार्यक्रममा प्लम्बर पेशामा आवद्ध भएर काम गर्ने कर्मचारीहरु, अग्रज,समाजसेवी, पत्रकारहरुको उपस्थिति रहेको थियो।

झाको घरमा यही साउन ५ गते राती २ बजे आगलागी भएको थियो। आगलागीबाट घर तथा समान पूर्णरूपमा नष्ट भएपछि उनको परिवारलाई सहयोग आउने क्रम जारी छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार