
काठमाडौं,साउन १७ । पछिल्लो २४ घण्टामा थप देशभर थप २ हजार ५ सय ६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८४०२ पीसीआर परीक्षणमा १९८१ र ४२३४ एन्टिजेन परीक्षण गरिएकोमा ५८७ जना गरी २ हजार ५ सय ६८ जनामा संक्रमण पुष्टि भएको हो ।
कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या १८ रहेको छ । यो सँगै आज २०२० जना संक्रमणमुक्त भएका छन् ।