राप्ती नगरपालिकामा बैशाख यता कुल कोरोना संक्रमितको संख्या ५३४ पुगेको छ। जसमध्ये २७९ जना पुरुष र २५५ जना महिला रहेका छन्।

राप्ती नगरपालिका स्वास्थ शाखाका अनुसार नगरमा हाल सक्रिय संक्रमितको संख्या ११६ रहेको छ। संक्रमणबाट १५ जनाले ज्यान गुमाएका छन् भने ४०५ जना संक्रमणमुक्त भएका छन्।

शाखा प्रमुख सुरेश न्यौपानेका अनुसार भण्डारा अस्पतालले ८५१ एन्टीजेन परिक्षण गरेकोमा २९७ जनामा कोरोना पुष्टि भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार