राप्ती उद्योग वाणिज्य संघको पहलमा राप्तीका व्यवसायीहरुलाई खोप लगाउन सुरु गरिएको छ। व्यवसायीहरुको माग बमोजिम ‘एक पान एक खोप’ कार्यक्रम अन्तर्गत खोप भण्डारा अस्पतालमा लगाउन सुरु गरिएको हो।

राप्ती नगरपालिका वडा नं. १-५ सम्मको व्यवसायीहरुलाई आज १८ गते र ६-१३ सम्मका व्यवसायीहरुलाई भोलि १९ गते खोप लगाउने कार्यक्रम रहेको राप्ती उद्योग वाणिज्य संघका अध्यक्ष राज कुमार कँडेलले बताउनु भएको छ।राप्ती उद्योग वाणिज्य संघमा दर्ता भएका व्यवसायीहरुले एक पान बराबर एक खोप लगाउन पाउने पनि उहाँले बताउनुभयो।

केही समय अघि देखि नै व्यवसायीहरुले खोपको माग गर्दै आएका थिए। छुटफुट भएका र उद्योग वाणिज्य संघमा सदस्यता दर्ता नगरेका व्यवसायीहरुलाई पनि चाँडै खोपको व्यवस्था गरिने पनि अध्यक्ष कँडेलले बताउनुभएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार