चितवनमा आज एकैदिन २२९ जना कोरोना संक्रमित थपिएका छन् ।

थपिएका संक्रमित मध्ये भरतपुर महानगरपालिकाका १४३ जना, खैरहनी नगरपालिकाका १७ जना, माडी नगरपालिकामा १३ जना, रत्ननगर नगरपालिकामा ३९ जना, राप्ती नगरपालिकामा १२ जना, कालिकामा तीन जना र इच्छाकामना गाउँपालिकामा २ जना रहेका छन् ।
आज चितवनमा एक जना कोरोना संक्रमितले ज्यान गुमाएसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या जिल्लामा ३३५ जना पुगेको छ ।

त्यसैगरी स्वास्थ्य कार्यालयका अनुसार आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या दुई हजार १९२ पुगेको छ । जसमध्ये घरमा आइसोलेसनमा दुई हजार ६६ जना, अस्पतालमा १२१ जना र सार्वजनिक आइसोलेसन केन्द्रमा पाँच जना रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार