
नेपालमा पछिल्लो २४ घन्टामा ३ हजार १२५ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज १३ हजार ८११ जनामा परीक्षण गर्दा तीन हजार १२५ जनामा सङ्क्रमण देखिएको हो ।
यस्तै गत २४ घण्टामा एक हजार ९२५ जना यो सङ्क्रमणबाट मुक्त भएका छन् ।गएको २४ घण्टामा सङ्क्रमणबाट २३ जनाको निधन भएको छ ।
योसंगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट नौ हजार ८९८ जनाको ज्यान गएको छ ।