चितवनमा कोरोना संक्रमणबाट आज दुई जनाको मृत्यु भएको छ । त्यसैगरी विगत २४ घण्टामा २८ जना कोरोना संक्रमित बिरामी डिस्चार्ज भएका छन् ।

स्वास्य कार्यालय चितवनले उपलब्ध गराएको तथ्यांक अनुसार चितवन मेडिकल कलेजमा चितवनका एक जना र पुरानो मेडिकल कलेजमा बाराका एक जनाको मृत्यु भएको हो ।

चितवनमा दैनिक कोरोना संक्रमण दर २०० ले बढेसँगै चितवनका अस्पतालहरुमा कोरोनाको चाप बढेको छ । विभिन्न अस्पतालमा २१२ जना कोरोनाका बिरामीले उपचार गराइरहेका छन् । जसमध्ये आईसीयूमा ८० जना, भेन्टिलेटरमा १८ जना, एचडीयूमा ४८ जना र जेनरल बेडमा ८४ जना रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार