भरतपुर, चितवन । जलवायु परिवर्तन परियोजनामा अन्तर्राष्ट्रिय सहकार्यको लागि अर्किड स्कूलको चयन भएको छ । यस परियोजनाको उद्देश्य डिजिटल प्रविधि, विज्ञान र कलालाई प्रयोग गरी, नेपाल र स्कटल्याण्ड (बेलायत) मा रहेका समुदायहरु वीच मिलेर काम गर्नु र जलवायु सकंट सँग जुध्नको लागि समाधान खोज्नु हो । यो परियोजना ’इंगेज नेपाल विथ साइन्स’ को एक अग्रगामी पहल हो । ब्रिटिश काउन्सिलद्धारा सहयोग प्राप्त उक्त कार्यक्रमको उद्येश्य जलवायु परिवर्तन सम्वन्धि विश्वव्यापी छलफललाई प्रोत्साहीत गर्नु र नोभेम्बर २०२१ मा हुने जलवायु परिवर्तन शिखर सम्मेलन ९अयउ द्दट० लाई सकारात्मक मार्गदर्शन दिनु रहेको छ ।

डा. अल्बा एडिनबर्गद्वारा स्थापित ’इंगेज नेपाल विथ साइन्स’ एडिनबर्ग विश्वविद्यालय (बेलायत) र रिसर्च इन्र्सीचच्युट फर वायोसाइन्स एण्ड वायोटेक्नोलोजि (रिब) वीचको सहकार्य हो । यसको उद्येश्य नेपालमा रहेको समुदायहरुलाई विज्ञानसँग सशक्त वनाउन र स्टिममा विश्वास निर्माणको लागी हो ।

अर्किड स्कूलले प्राचार्य डा. खेम आचार्यको नेतृत्वमा विज्ञान शिक्षकहरू निरज महतो , लिल बहादुर हमाल, मिलन पनेरु र चमकला थापा सहितको अनुसन्धान टोलि गठन गरेको छ । अर्किडका विद्यार्थीहरु विभिन्न बैज्ञानिक उपकरणहरु र अन्तराष्ट्रिय बैज्ञानिक प्रोटोकलको प्रयोग गरी जैविक विविधता, फोहोर, वायुको गुणस्तर र जल प्रदुषण सम्वन्धि धेरै परियोजनाहरुमा संग्लन हुने छन् । विद्यालयमा जडित मौसम स्टेशनबाट विद्यार्थिहरुले वर्षा, तापक्रम, चाप, आद्रता र कार्वनडाईअक्साइड मापन गर्नेछन् ।

अर्किड र गोर ग्लेन स्कूल (स्कटल्याण्ड) बाट विद्यार्थीहरु आफ्नो नतिजा प्रस्तुत र जलवायु संकटको समाधान खोज्न हरेक हप्ता विचार–विमर्श गर्नेछन् । यस अतिरिक्त उनीहरु आ–आफ्ना संस्कृति र शैक्षिक प्रणालीको अनुभव आदान–प्रदान गर्नेछन् ।

अन्तर्राष्ट्रिय जलवायु सम्मेलन ’कोप–२६’ प्रति लक्षित उक्त कार्यक्रममा ब्रिटिस काउन्सिलले आर्थिक सहयोग लगायत वैज्ञानिक उपकरण र आवश्यक डिजिटल पुर्वाधार वनाउन मद्यत गर्नेछ । उक्त अनुसन्धान्तमक कार्यबाट जलवायु सम्वन्धी ज्ञान, जलवायु परीवर्तनले पारेको प्रभाव र न्युनिकरण उपायहरुको साथै विद्यार्थीहरुको सोध पत्र, लेख रचना, बैज्ञानिक सिप र विश्लेषणात्मक क्षमताको विकास हुने प्राचार्य डा. खेम आचार्य वताउछन् ।

’अन्तराष्ट्रिय स्कुल अवार्ड ’, अन्तर्गतका प्रोजेक्टहरूबाट प्राप्त ज्ञान, सीप र क्षमताले थप प्रोजेक्टहरूमा सहकार्य गर्न उत्प्रेरणा प्राप्त भएको विधार्थीहरूको भनाइ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार