सचितराज सेढाई , चितवन; टिकटक र युट्युबमा भाइरल सर्वाधिक लोकप्रिय गित “फुर्के धागो” को सिक्वेल सार्वजनिक भएको छ। जननी नेपाल युट्युब च्यानल मार्फत गित आज ४:१५ बजे सार्वजनिक गरिएको हो।

पछिल्लो समयको निकै नै व्यस्त गितकार प्रभा बर्तौलाको शब्द रहेको यो गितमा शास्त्रीय संगीतमा स्नाकोत्तर गर्नुभएको गायक तथा संगीतकार थानेश्वर गौतम र शोभा गौतमको स्वर रहेको छ। संगीत गायक गौतमले नै भर्नुभएको हो। भुवन लामाको निर्देशनमा रहेको गीतको भिडियोको मुख्य अभिनयमा कलाकार अन्जली अधिकारी र नयन डिसी रहेका छन् । यस्तै गीतको एरेन्ज उदयराज पौडेलले गर्नुभएको हो। फुर्के धागो २ बोलको गीत र भिडियोले सम्पूर्ण दर्शक स्रोताको मन जित्ने निर्माण टिमको दाबी छ ।

कलाकारिता क्षेत्रमा गीतकार बर्तौला र गायक गौतमको सहकार्य उत्कृस्ट देखिन्छ। बर्तौलाको शब्द तथा गौतमको आवाज र संगीतमा रहेको ‘फुर्के धागो’, ‘छुट्नलाई पो रैछ क्या रे’, ‘छ म सङ्ग सबै छ’ लगायत बोलका गीतको चर्चा गाउँ-सहरदेखि विदेश सम्म पनि उत्तिकै रहेको छ ।

गित हेर्न यो लिङ्क थिच्नुहोस्: https://youtu.be/kcB7ljBLJCw

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार