चितवन । पुर्वी चितवन राप्ती नगरपालिका वडा नं. ९ को वडा भवनको उद्घाटन पुर्व मन्त्री तथा नेपाली  काङ्ग्रेस युवा नेता संघीय संसद गगन थापा द्वारा उद्घाटन गरिएको छ।

बुधबार बिहान काठमाडौंबाट चितवन आई पुगेका नेता थापालाई भरतपुर विमानस्थलमा नेपाली काङ्ग्रेसको कार्यकर्ताहरुले भब्य स्वागत गर्दै राप्ती नगरपालिका ल्याइएको थियो भने वडा नम्बर ९ पुगे लगत्तै त्यस वडाको स्थानीयवासी ले नौमती बाजा सहित स्वागत गरि वडा कार्यलय पुर्‍याईएको थियो।

वडा कार्यलय उद्घाटन गरे पछि आफ्नो भनाई राख्दै नेपालमा जुन सुकै पार्टी को सरकार आए पनि भि आई पि उपचार गर्न पैसा छुट्याउने तर कुना कान्दाराको जनता उपचार नभई मर्न बाध्य हुँदै गरेको यो ब्यबस्था निकै दुखत रहेको बताएका छन्।

भुमी आयोगको नाममा तत्कालीन सरकारले कार्यकर्ता पोसाउन लागेको हुदा अहिले भुमी आयो खारेज गरिएको र खारेज भएको भुमी आयोग अबको केही महिना भित्रमा नयाँ तर्जुमा सहित स्थापना हुने उनले बताएका छन्। साथै सबैमा ढुक्क हुन अनुरोध पनि गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार