चितवनको राप्ती नगरपालिका २ गड्यौलीमा माइक्रोबस पल्टिँदा ८ जना घाइते भएका छन्। पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना १ ज ८७७५ नम्बरको माइक्रोबस राजमार्गमा चिप्लिएर पल्टिएको हो। बर्षाको भैरहेको र माइक्रोबसको स्पीड बढी भएकोले दुर्घटना हुनपुगेको सवार यात्रीहरुले बताएका छन्।

दुर्घटनाबाट माइक्रोमा सवार ८ जना कै अवस्था समान्य भएको प्रहरीले जनाएको छ। दुर्घटनाबाट सामान्य घाइते भएका सबैलाई नजिकैको मास्के पोलिक्लिनिक प्रा.लि. लगिएको छ। उपचार गर्न अलि कठिन देखिएको केही घाइतेलाई थप उपचारको लागि भरतपुर लगिएको पनि प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार