राप्ती नगरपालिकामा बैशाख यता कुल कोरोना संक्रमितको संख्या ५४८ पुगेको छ। जसमध्ये २८४ जना पुरुष र २६४ जना महिला रहेका छन्।

राप्ती नगरपालिका स्वास्थ शाखाको तथ्यांक अनुसार नगरमा हाल सक्रिय संक्रमितको संख्या ८८ रहेको छ। संक्रमणबाट १५ जनाले ज्यान गुमाएका छन् भने ४४५ जनाले कोरोनालाई जितेका छन्।

शाखा प्रमुख सुरेश न्यौपानेका अनुसार भण्डारा अस्पतालले ८७५ एन्टीजेन परिक्षण गरेकोमा ३०४ जनामा कोरोना पुष्टि भएको छ।

सक्रिय संक्रमित ११६ पुगिसकेको थियो। हाल निको हुनेको संख्या बढेसँगै सक्रिय संक्रमितको संख्यामा केही कमि आएको न्यौपानेले बताउनुभयो। हप्ताको तीन दिन आइतबार,मंगलबार र बिहीबार भण्डारा अस्पताल मै कोरोना परिक्षण हुने पनि उहाँले बताउनुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार