
भदौ २५, काठमाडौं ।
‘वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी,नेपाल’को ‘जात व्यवस्था उन्मुलन मोर्चा,नेपाल’ अन्तर्गत ‘सुदुर पश्चिम प्रदेश समिति’ आज गठन भएको छ । लकडाउनका कारण भर्चुअल माध्यम जुममा आयोजित भेलाले विजय विश्वकर्माको संयोजकत्वमा समिति गठन गरेको हो । ८ सदस्य पछि थप्ने गरि ५१ सदस्यीय समिति गठन गरिएको हो ।
समितिले अब सुदुर पश्चिम प्रदेश अन्तर्गतका सबै जिल्लाहरुमा समिति बनाउँदै अगाडी बढ्नेछ ।
आज सम्पन्न भेलामा जात व्यवस्था उन्मुलन मोर्चा, नेपालका संयोजक राजकुमार हिङमाङले नेपाली समाजमा जात व्यवस्थाको पकड बारे विचार राख्नुका साथै मोर्चाको अवधारणा र संगठनात्मक नीति बारे बोल्नुभएको थियो ।
त्यस्तै मोर्चाका बागमती उपत्यका सम्पर्क समितिका संयोजक महावीर विश्वकर्माले “नेपाली समाजको सबैभन्दा जटिल समस्या नै जात व्यवस्था भएकोले त्यसको अन्त्य नगरिकन कुनै पनि उत्पीडित वर्ग, समुदायको मुक्ति सम्भव छैन” भन्दै “मुक्तिका लागि ठीक राजनीतिक विचारमा संगठित हुनु मात्रै एउटा विकल्प हो । हामी युवाहरु वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालको विचारमा आवद्ध भएर अघि बढेका छौँ ।” भन्नुभयो ।