राप्ती ३ को वडा कार्यालयको नयाँ भवनको उद्घाटन समारोह सम्पन्न भएको छ। वडा भवन राप्ती नगरपालिका नगर प्रमुख प्रभा बरालले उद्घाटन गर्नुभएको हो।

कार्यक्रममा प्रमुख आतिथिको रुपमा रहनुभएको बरालले रिबन काटेर भवनको उद्घाटन गर्नुभएको थियो।

आज एक औपचारिक कार्यक्रमको आयोजना गरि भवन उद्घाटन गरिएको हो। आजको कार्यक्रममा वडा नम्बर ६ का वडा अध्यक्ष जल्लु महतो, वडा नम्बर ८ का वडा अध्यक्ष बुद्धिराज थपलिया, कार्यपालिका सदस्यहरु श्यामलाल विक र कविता राई लगायत वडाका अग्रज व्यक्तित्व, समाजसेवी, बुद्धिजीवी लगायतको उपस्थिति रहेको थियो।

राप्ती ३ का वडा अध्यक्ष राज कुमार उप्रेती सभाध्यक्ष रहनु भएको उक्त कार्यक्रमको सञ्चालन वडा सचिव दुरदर्शी थापाले गर्नुभएको थियो।

कार्यक्रममा बोल्दै नगर प्रमुख बरालले सुरुमा निर्वाचित भएर आउँदा छ/सातवटा शाखा एउटै कोठाबाट सञ्चालन गरेको र त्यसको ५/६ महिनापछि आफ्नो आफ्नो वडामा वडा कार्यालयहरु भाडामा लिएर स्थापना गरेको बताउनुभयो।

यस्तै केही वडा कार्यालयहरु बन्दै गरेका केही बनेर पनि सेवा सुचारु भैसकेका र केही उद्घाटनको तयारीमा रहेको पनि उहाँले बताउनुभयो।

राप्ती ३ बाट सेवा प्रवाह भैरहँदा स्थानियहरुबाट केही गुनासो नआएको पनि उहाँले कार्यक्रममा बोल्दै भन्नुभयो।

त्यस्तै जग्गा उपलब्ध गराउन महत्त्वपूर्ण भुमिका खेल्ने सम्पूर्ण निकायलाई वडा अध्यक्ष उप्रेतीले धन्यवाद दिनुभएको छ। अबका दिनहरुमा सहज र सरल ढङ्गबाट वडाबासीहरुलाई सेवा दिने पनि उहाँले बताउनुभएको छ। वडाबासी, नगरबासी तथा सरकारी कामको लागि वडा भवनको उपयोग हुने पनि उहाँले बताउनु भयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार